०१ असार २०८३, सोमबार

मन्त्रिपरिषदका निर्णय गुपचुप गरिएकै दिन १६ निर्णय

कात्तिक २७, २०७५
मन्त्रिपरिषदका निर्णय गुपचुप गरिएकै दिन १६ निर्णय

काठमाडौं — प्रधानमन्त्री केपी ओली बिरामी भएपछि झन्डै १५ दिनदेखि रोकिएको मन्त्रिपरिषद् बैठक आइतबार बस्यो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले १६ वटा निर्णय गर्यो । 

बैठकलगत्तै सरकारका प्रवक्तासमेत रहेका सञ्चार एवं सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा सञ्चारकर्मीसामु उपस्थित भए । तर, बैठकका कुनै निर्णय सार्वजनिक गरेनन् । 

'पत्रकार सार्थीहरु, अलि लामो समयपछि आज मन्त्रिपरिषद् बैठक बस्यो, धेरै विषयमा छलफल भयो, आवश्यक निर्णहरु गरिएको छ, समयक्रममा तपाईहरुले थाहा पाइहाल्नुहुन्छ,' उनले भने, 'डिटेल दिन केही प्रबन्ध गर्दैछौँ, फरक ब्यवस्थापन आउँछौँ होला । '

सरकारका प्रवक्ताले निर्णय सार्वजनिक नगरे पनि मन्त्रिपरिषदका अन्य सदस्यले सञ्चारमाध्यमलाई निर्णयका सूचना चुहाए । 

सुचना बाहिर आइहाल्यो । तर सरकारले सुचना लुकाउन खाजेको भन्दै आलोचना भइरहेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्