
भारत, १३ मंसिर, चिनियाँ फोन निर्माता स्यायोमीले भारतमा २०१६ को नौ महिनामा बीस लाख स्मार्टफोन बेचेको दाबी गरेको छ । ट्विटमार्फत स्यायोमीले यो दाबी गरेको हो । स्योयोमीले २०१५ देखि २०१६ सम्ममा आफूहरूले १५० को दरमा व्यापार वृद्धि गरेको समेत बताएको छ । स्यायोमीको यो दाबीलाई मान्ने हो स्यायोमीे भारतमा उत्साहजनक व्यापार गरेको छ ।

गत अक्टोबरको मात्र अठार दिनमा कम्पनीले दश लाख फोन बेचेको थियो । कम्पनीका कार्यकारी अधिकृत लेइ जुनले आफ्ना कर्मचारीहरूलाई लेखेको खुला पत्रमा उल्लेख थियो । पछिल्लो ‘आइडिसी रिपोर्ट’ले स्यायोमीको रेडमी नोट ३ र रेडमी थ्रि एस को सिपमेन्ट व्यापक भएको उल्लेख छ । –एनडिटिभी ग्याजेट