काठमाडौं, १९ फागुन — अमेरिकामा भारतीय इन्जिनियर श्रीनिवास कुचिभोटलाको हत्यापछि भारतीयहरूमाथि दुर्व्यवहारका अन्य घटना पनि सार्वजनिक हुन थालेका छन् ।

हालै सार्वजनिक भएको एक भिडियोमा कालाजातिको एक अमेरिकीले भारतीय महिलालाई ट्रेनभित्र फोहोरी गाली गर्दै देश छोडेर जान भनेको थियो ।
न्युयोर्कमा बस्ने एकता देसाईले आफूलाई उक्त व्यक्तिले गाली गरेको भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गरेपछि खुबै भाइरल भइरहेको छ ।
एकता देसाईले फेसबूकमा लेख्दै कामबाट घर फर्किंदा एक व्यक्तिले आफूलाई गाली बक्दै हैरान गरेको बताइन् ।
उक्त व्यक्तिले एकताको हातबाट फोन खोस्न चाहेको अनि एसियाली महिलाहरूलाई गाली पनि दिएको बताइन् ।
मानवअधिकार कार्यकर्ता कुन्दन श्रीवास्तवले एकता देसाईको उक्त भिडियो शेयर गरेका छन् ।
‘मेरो देशबाट निस्केर जा,’ उक्त व्यक्तिले बालेको भिडियोमा सुनिन्छ ।
हेरौं भिडियो : एजेन्सीको सहयोगमा