२३ जेठ २०८३, शनिबार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

जीतपुर –कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका – २ कलौनी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ५९२९ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको साइकल यात्रीलाई विद्यालय जाने क्रममा ठक्कर दिँदा साइकल चालक अर्घाखाँची शीतगङ्गा नगरपालिका – १४ बस्ने १७ वर्षीया शोभा न्यौपाने घाइते भएकामा थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको हो । 

साइकल, ट्रक र ट्रक चालक इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा लिइएको र अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्