०४ असार २०८३, बिहीबार

यो विश्वविद्यालयले दिँदैछ परिसरमा गाँजा खाने अनुमति

यो विश्वविद्यालयले दिँदैछ परिसरमा गाँजा खाने अनुमति

काठमाडौं — क्यानडाको ब्रिटिश कोलम्बिया विश्वविद्यालयले आफ्नो परिसरमा गाँजा पिउन दिने सम्भावना छ । 

गत महिना क्यानडामा गाँजा राख्न र बेच्नका लागि कानूनी मान्यता दिइएको छ । त्यसपछि विश्वविद्यालय समितिले परिसरमा धूम्रपान र धूम्रपान उत्पादन संवर्धन नामक एक नीतिगत मस्यौदा ल्याएको छ । 

यो मस्यौदालाई सामुदायिक छलफलका लागि राखिएको छ । फेब्रुअरी महिनामा यसमाथि अन्तिम निर्णय लिइनेछ । मस्यौदाका अनुसार, विश्वविद्यालय परिसरमा गाँजा पिउनका लागि विशेष ठाउँ छुट्ट्याउनेछ । 

विश्वविद्यालय परिषद्ले भन्यो, ‘मानिसले अपनाएका व्यवहारलाई अवैध बनाउँदा उक्त व्यवहार झन् भित्रभित्रै बढ्छ । तर हरेक कुरालाई अपराधको दायराबाट बाहिर राख्ने भन्ने कुरा पनि हुँदैन । त्यसैले मस्यौदा नीतिले परिसरमा अनुशासन पनि कायम राख्नुपर्छ ।’

योजनाअनुसार, निर्धारित स्थलबाहेक परिसरमा अन्यत्र कतै पनि गाँजा पिउन वैध छैन । परिसरमा गाँजा खेती र बिक्रीमा पनि प्रतिबन्ध लगाइएको छ । 

मस्यौदाअनुसार, विश्वविद्यालय कर्मचारीहरूले कामका बेलामा वा काममा आउनुअघि गाँजा वा रक्सी लगायतका कुनै पनि हानिकारक पदार्थ सेवन गर्न पाइँदैन ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्