०१ साउन २०८३, शुक्रबार

नेपालकी प्रथम नायिका निर्मात्री बन्दै, ‘साइनो’ निर्माणको घोषणा

नेपालकी प्रथम नायिका निर्मात्री बन्दै, ‘साइनो’ निर्माणको घोषणा

काठमाडौं– नेपालकी प्रथम नायिका भुवन चन्दले चलचित्र निर्माण गर्ने भएकी छिन् । उनले डेढ दशक अघि निर्माण भएको सुपरहिट चलचित्र ‘साइनो’को नाम सापटी लिएर नयाँ चलचित्र निर्माण गर्न लागेकी हुन ।

आइतबार राजधानीमा एक कार्यक्रमका बिच चलचित्र ‘साइनो’ निर्माणको औपचारिक घोषणा गरियो । रमेश थापाले निर्देशन गर्ने चलचित्रमा भुवन चन्द, बसुन्धरा भुषाल, मदनदास श्रेष्ठ, नीता ढुंगाना, मिरुना मगर, राज कुमार, शिखा तामाङ, राजा राजेन्द्र पोखरेल, रोय दिप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, भिमसेन लामा, रामेश्वर बुर्लाकोटी, रेगन क्षेत्री, वसुकला मैनाली, सल्बिक सुर्खेती, सबिन जमरकट्टेल लगायतको अभिनय रहनेछ । राज कुमार यसै चलचित्रमार्फत डेब्यू गर्दैछन् ।

नयाँ पुराना कलाकारहरुलाई लिएर प्रेम कथामा आधारिक सामाजिक चलचित्र निर्माण गर्न लागेको घोषणा कार्यक्रममा भुवनले जानकारी दिइन् । 

चलचित्रको कार्यकारी निर्मातामा शरण थापा रहेका छन् । ४० दिनको छायाँकन अवधि लिएर चलचित्र यूनिट सोमबारदेखी फ्लोरमा जाँदैछ । काठमाडौं, काभ्रे, रसुवा, नुवाकोट, मकवानपुर, सिन्धुपाल्चोक लगायतका स्थानमा चलचित्र छायाँकन गरिने घोषणा कार्यक्रममा जानकारी दिईयो ।

चलचित्रमा अभिमन्यू निरबीको कथा, बसन्त सापकोटाको संगीत, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । रामेश्वर कार्कीको छायाँकन, रोशन विक्रम भट्टराईको द्धन्द्ध रहेको चलचित्रलाई बनिश शाहले सम्पादन गर्नेछन ।

salt training

कमेन्ट गर्नुहोस्