१९ असार २०८३, शुक्रबार

खशोग्गीको हत्यारालाई दुई दिनमा सार्वजनिक गर्छौं : ट्रम्प

खशोग्गीको हत्यारालाई दुई दिनमा सार्वजनिक गर्छौं : ट्रम्प

काठमाडौं — साउदी पत्रकार जमाल खशोग्गीको हत्याका विषयमा अमेरिका अहिलेसम्म अन्तिम निष्कर्षमा पुगेको छैन ।

तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यही हप्ताको शुरूआतमा अन्तिम निष्कर्षमा पुग्ने बताएका छन् । 

सीआईएको रिपोर्टमा खशोग्गीको हत्याका लागि साउदी युवराज मोहम्मद बिन सलमानलाई जिम्मेवार ठहर्‍याएपछि ट्रम्पको यो बयान आएको छ । 

सीआईएका अनुसार, साउदी सरकारका १५ एजेन्ट सरकारी विमान चढेर इस्तानबुल पुगेका थिए र साउदी वाणिज्य दूतावासमा खशोग्गीको हत्या गरेका थिए । 

साउदी अरबले अक्टोबर २ मा भएको खशोग्गी हत्यामा बारम्बार धारणा परिवर्तन गरेको छ । पहिला त उसले खशोग्गीको कुनै जानकारी नभएको बतायो अनि पछि बल्ल गएर उनको हत्या गरेको स्वीकार गरेको थियो । 

क्यालिफोर्नियाको मालिबुस्थित जंगलमा लागेको भीषण डढेलोको निरीक्षण गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै भने, ‘हामी आगामी दुई दिनमा, सम्भवतः मंगलवारसम्मामा, पूरै रिपोर्ट पाउनेछौं । त्यतिखेर हामीले हत्याराको नामै भन्न सक्नेछौं ।’ 

तर परराष्ट्र मन्त्रालयकी प्रवक्ता हीथर नोर्टले अमेरिका अन्तिम निष्कर्षमा पुगेको खबर गलत भएको बताइन् । उनले भनिन्, ‘खशोग्गी हत्याका सम्बन्धमा अझै पनि धेरै प्रश्नका उत्तर पाइएको छैन ।’

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्