०४ असार २०८३, बिहीबार

‘गरुड पुराण’ माघ ४ मा रिलिज हुने, यस्तो छ चलचित्रको फस्टलुक

‘गरुड पुराण’ माघ ४ मा रिलिज हुने, यस्तो छ चलचित्रको फस्टलुक

काठमाडौं। चलचित्र ‘गरुड पुराण’को फस्टलुकसंगै रिलिज मिति सार्वजनिक गरिएको छ ।

सुवास कोइरालाको निर्देशनमा बनेको चलचित्र आउँदो माघ ४ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

सार्वजनिक फस्टलुकमा अभिनेता नाजिर हुसेन, कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया र नव–नायिका प्रियंका सिंह ठकुरीलाई प्रस्तुत गरिएको छ । फस्टलुकमा नाजिर ब्यान्ड मास्टरको रुपमा प्रस्तुत छन् । 

सुशन प्रजापति प्रस्तुतकर्ता रहेको चलचित्रलाई अजित प्रजापति र अशोक गौतमले संयुक्त रुपमा निर्माण गरेका हुन । 

 चलचित्रमा लुनिभा तुलाधर, प्रकाश घिमिरे, बसन्त भट्ट, लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । 

कसम नेपालको कथा रहेको चलचित्रमा आकाश बराल, बिनोद खतिवडा, सुवास कोइरालाको पटकथा र आकाश बरालको संवाद रहेको छ ।

कमेडी जनरामा निर्माण गरिएको चलचित्रमा रेनेशा बान्तवा राइको कोरियोग्राफी कोसिस क्षेत्रीको संगीत, कोशिस र मनिषा पोखरेलको गायन रहेको छ । सुसन प्रजापतिको छायाँकन रहेको चलचित्रमा उज्ज्वल ढकालको सम्पादन छ ।

salt training

कमेन्ट गर्नुहोस्