
बारा– जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत एकजना प्रहरी हवल्दार १ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
नेपालबाट उत्पादित पान मसलाजन्य पदार्थहरु विभिन्न ठाउँमा पठाउन सहज गराइदिने भन्दै प्रहरी हवल्दार सुदामा हजराले स्थानीय व्यापारीबाट १ लाख रुपैयाँ घुस लिएका थिए ।
विशेष सूचनाका आधारमा हेटौंडाबाट खटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले हवल्दार हजरालाई कलैया–१ स्थित देवकाली धर्मशालाबाट पक्राउ गरेको हो ।
पक्राउ परेका हवल्दार हजरामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।