०८ साउन २०८३, शुक्रबार

किसान महासङ्घको अनुवाद तालिम सुरु

कात्तिक २०, २०७४
किसान महासङ्घको अनुवाद तालिम सुरु

 

काठमाडौँ, १९ फागुन - अखिल नेपाल किसान महासङ्घले आजबाट दुईदिने व्याख्यात्मक अङ्ग्रेजी अनुवादसम्बन्धी तालिम सञ्चालन सुरु गरेको छ ।
महासङ्घका सचिव दाताराम खनालले तालिम शुभारम्भ गर्दै यस्ता तालिमले नेपालमा भएका किसान अन्दोलन र किसानका विषयमा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न सहयोग पु¥याउने बताउनुभयो ।

महासङ्घका केन्द्रीय सदस्य प्रा डा केशव खनालले अङ्ग्रेजी अन्तर्राष्ट्रिय भाषा भएकाले सोही भाषाका माध्यमबाट मात्रै नेपालका गतिविधि विश्वमा पु¥याउन सकिने बताउनुभयो । तालिमको मुख्य प्रशिक्षकमा अन्तर्राष्ट्रिय संस्था लाभिया क्याम्पेसिनाको केटी विडोन हुनुहुन्छ । रासस

salt training

कमेन्ट गर्नुहोस्