०४ असार २०८३, बिहीबार

एक लाख  घुससहित हवल्दार पक्राउ

मंसिर २, २०७५
एक लाख  घुससहित हवल्दार पक्राउ

काठमाडौँ- अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडाबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय, बारामा कार्यरत प्रहरी हवल्दार सुदामा हजरालाई रु एक लाख घुससहित पक्राउ गरेको छ । 

प्रहरी हवल्दार हजारलाई कलैया उपमहानगरपालिका–१ देवकीलाल धर्मशालाबाट नियन्त्रणमा लिएको हो । पान तथा मसलाजन्य पदार्थ विभिन्न ठाउँमा पठाउन सहज गरिदिने बहानामा सेवाग्राहीसित घुस रकम माग गरिररहेको भन्ने सूचना एवं उजुरीका आधारमा हवल्दार हजरालाई नियन्त्रणमा लिएको अदुअआका प्रवक्ता रामेश्वर दङ्गालद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । 

salt training

कमेन्ट गर्नुहोस्