काठमाडौं, १९ फागुन — रुपन्देहीको फर्साटिकरमा रहेको यज्ञोदय दुधनाथ थारु क्याम्पसमा अखिल क्रान्तिकारीले गन्दा गन्दैको मत पत्र च्यातेको छ । चुनाव हार्ने निश्चित जस्तै भएपछि क्रान्तिकारीले मतपत्र च्यातेको हो ।
४०१ मत खसेकोमा ३०० मत गनिसक्दा अखिलका सम्भु थारुले एक सय १४, क्रान्तिकारीका मञ्जिर यादबले ९९ र नेविसंघका धनराज कंडेलले ६१ मत पाएका थिए । केही समय पछि फेरी मतगणना जारी हुने निर्वाचन समितिले जनाएको छ ।