
काठमाडौं– लामो समयदेखि अस्वस्थ रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज सार्वजनिक कार्यक्रममा सहभागी भएका छन् ।
प्रधानमन्त्री ओली सोमबार नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुत्र स्वर्गीय प्रकाश दाहालको वार्षिक पुण्य तिथिको कार्यक्रममा सहभागी हुन प्रचण्ड निवास खुमलटार पुगका हुन् ।
उनले सभामा प्रकाशको स्मृतिमा मन्तव्य राखेका छन् ।
दशैं लगत्तै विरामी परेका ओली करिब एक साता अस्पताल बसाइँपछि बालुटारस्थित सरकारी निवासमा आराम गरिरहेका थिए ।
प्रधानमन्त्री ओलीले आफ्ना नियमित काम कारवाही बालुवाटारबाटै गर्दै आएका छन् । मन्त्रिपरिषद्को बैठक समेत बालुटारमा बस्दै आएको छ ।