०२ असार २०८३, मंगलबार

हाइटीमा भ्रष्टाचारविरोधी प्रदर्शन हुँदा ६ जनाको मृत्यु, पाँच घाइते

हाइटीमा भ्रष्टाचारविरोधी प्रदर्शन हुँदा ६ जनाको मृत्यु, पाँच घाइते

काठमाडौं — एउटा विकास परियोजनामा भ्रष्टाचार भएको भन्दै हैटीमा गरिएको विरोध प्रदर्शन हिंस्रक भएपछि ६ जनाको मृत्यु भएको छ । 

घटनामा पाँचजना घाइते भएका छन् । 

यो परियोजनाअन्तर्गत जनतालाई तेलको मूल्यमा सब्सिडी दिइन्छ । 

राष्ट्रपति जोवेनल मोइसले विपक्षीहरूसँग वार्ताको अपील गरेका छन् । विपक्षीहरूले भ्रष्टाचारको अनुसन्धान गर्न राष्ट्रपति असफल भएकाले उनको राजीनामा मागेका छन् । 

पेट्रोकारिबे परियोजनामा ३.८ अर्ब डलर खर्च भएकोमा त्यसको अनुसन्धानको माग गर्दै आइतवार हजारौं मानिसले राजधानी पोर्ट आउ प्रिन्समा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले सडक जाम गरेका थिए अनि टायरमा आगो लगाइदिएका थिए । 

प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । हाइटीको सिनेटले गरेको अनुसन्धानमा पूर्व राष्ट्रपति मिसेल मार्टिलको प्रशासनले कम्तीमा १४ जना पूर्वअधिकारी भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएको छ । तर कसैलाई पनि
औपचारिक अभियोग लगाइएको छैन । 

देशभरि ससाना प्रदर्शन र झडप भएका खबर छन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्