काठमाडौं — कुनै बेलामा अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन र ह्वाइट आउसकी इन्टर्न मोनिका लेविन्स्कीको यौनकाण्ड संसारभरि प्रसिद्ध भएको थियो ।
मोनिकाले अहिले यो विषयलाई फेरि उठाएकी छन् । उनका अनुसार, क्लिन्टनले उनीसँग शारीरिक सम्बन्ध बनाउँदा उनी २१ वर्षकी मात्र थिइन् । क्लिन्टनले यसका लागि आफूसँग माफी माग्नुुपर्ने उनको भनाइ छ ।
लेविन्स्की अहिले ४५ वर्षकी भइन् । उनले क्लिन्टनसँग सहमतिमै शारीरिक सम्बन्ध बनाएको भएपनि पूर्व राष्ट्रपतिले खासमा फाइदा उठाएको उनको भनाइ छ ।
मोनिकाले भ्यानिटी फेयर पत्रिकाका लागि एक विशेष लेख लेखेर यसको उल्लेख गरेकी हुन् । आफू र क्लिन्टनबीच भएको कर्ममा अत्यन्तै खेद रहेको लेविन्स्कीको भनाइ छ ।
एजेन्सी