![आमाको आँसुले स्तब्ध माहोल : प्रकाश दाहालको स्मृति सभामा जे देखियो [फोटोफिचर]](https://lktcdn2.prixacdn.net/media/Prakash_dahal_smriti_MD423zA6Vm.jpg)
काठमाडौं – नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको निधन भएको आज ठीक एक वर्ष पूरा भएको छ ।
गएको वर्ष मंसिर ३ गते अर्थात् आजकै दिन हृदयघातका कारण प्रकाशको मृत्यु भएको थियो ।
प्रकाशको पहिलो स्मृति दिवसको अवसर पारेर सोमवार प्रचण्ड निवास खुमलटारमा विशेष कार्यक्रम आयोजना भयो ।
कार्यक्रममा प्रकाशलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारप्रति समवेदना र सद्भाव दर्शाउन अतिविशिष्ठ पाहुनाहरू पनि खुमलटार पुगे ।
स्मृतिसभामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्रीहरू डाक्टर बाबुराम भट्टराई तथा झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी लगायत उपस्थित थिए ।
नेकपाले आयोजना गरेको चियापान समारोहमा उपस्थित नभएका बाबुरामसँगै प्रचण्डका अर्का पूर्व सहकर्मी एवं नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण पनि सहभागी भए ।
समारोहमा प्रधानमन्त्री ओली र प्रचण्डले मन्तव्य राखेका थिए । प्रचण्डपत्नी सीता दाहाल कार्यक्रम अवधिभर रोइरहेकी थिइन् । बोल्दाबोल्दै प्रचण्डको पनि गला अवरुद्ध भएको थियो ।
त्यसक्रममा कार्यक्रम स्थलको माहोल नै स्तब्ध बनेको थियो ।
हेर्नुहोस्, फोटोफिचर :


























