३० जेठ २०८३, शनिबार

बाकसमा दशवटा काटिएको हात भेटिएपछि हंगामा

बाकसमा दशवटा काटिएको हात भेटिएपछि हंगामा

काठमाडौं — भारतको उडिसा राज्यको जाजपुर जिल्लामा एउटा बाकसमा १० वटा काटिएको हात भेटिएपछि हंगामा मच्चिएको छ । 

कानून व्यवस्था बिग्रने स्थिति देखिएपछि प्रहरी बल तैनाथ गर्नुपरेको छ । 

प्रहरीले मेडिकल बक्समा भेटिएको हात सन् २००६ मा प्रहरीको गोली लागी मरेका आदिवासीको हुनसक्ने र त्यसलाई संरक्षण गरेर राखिएको हुनसक्ने बताएको छ । 

एसएसपी सीएस मीणाले काटिएका हात स्टील प्लान्टको एक क्लबमा प्रिजर्भ गरेर राखिएको बताए । शनिवार राति केही चोर झ्यालबाट छिरेर क्लबमा गएका थिए । उनीहरूले हात भएका मेडिकल बक्स पनि लगे । अलिक पर गएपछि
उनीहरूले बक्स फ्याँकिदिए । 

आदिवासीहरूले १२ वर्षपहिले कलिंगा नगर इलाकामा स्टील प्लान्टका लागि जग्गा अधिग्रहणविरुद्ध ठूलो प्रदर्शन गरेका थिए । त्यसक्रममा सन् २००६ को जनवरी महिनामा प्रहरी र प्रदर्शनकारीबीच झडप भयो । प्रहरीले गोली चलाउँदा १३ आदिवासीको मृत्यु भयो । 

प्रहरीका अनुसार, गोली लागेर मरेका पाँचजनाको पहिचान खुलेको थिएन । पोस्टमार्टमका बलामा चिकित्सकहरूले फिंगरप्रिन्ट चिन्नका लागि हात काटेका थिए । केही वर्षपछि हात परिवारलाई पठाइँदा उनीहरूले लिन अस्वीकार गरेका थिए र डीएनए टेस्टको माग राखेका थिए । त्यतिखेर हातहरू क्लबमा राखिएको थियो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्