१२ असार २०८३, शुक्रबार

मापदण्ड पूरा नगरेका दर्जनौं इँटा उद्योग सञ्चालनमा

मापदण्ड पूरा नगरेका दर्जनौं इँटा उद्योग सञ्चालनमा
प्रतिकात्मक तस्वीर

कुश्मा – नियामक निकाय मौन रहँदा पर्वत जिल्लामा मापदण्ड पूरा नगरेका दर्जनौं इँटा उद्योग सञ्चालनमा रहेको पाइएको छ । पर्वतमा दर्जनौँ इँटा उद्योग सामान्य मापदण्ड पूरा नगरी सञ्चालन भएपनि सम्बन्धित निकाय बेखबरजस्तै बनेको छ । गाउँगाउँमा लाखौँको कारोबार गर्ने ती इँटाभट्टा बन्द गराउन नियामक निकायले कुनै चासो दिएको छैन । 

जिल्लामा वर्षौंदेखि अवैध भट्टा सञ्चालनमा रहेका छन् । यसको नियामक निकाय जिल्ला प्रशासन कार्यालय हो तर, प्रशासन पनि यो विषयमा मौन छ । “यसमा हाम्रो दृष्टि नपुगेकै हो”, प्रशासनका अनुगमन अधिकृत ऋषिराम आचार्यले भने, “सबै मिलेर नियमन गर्नुपर्ने हो तर गर्न सकिएको छैन ।” 

घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका अनुसार जिल्लामा तीन वटामात्र इँटा उद्योग दर्ता भएका छन् । “अहिलेसम्म हामीकहाँ दर्ता भएर चलेका इँटा उद्योग तीन वटा मात्रै छन्”, समितिका कार्यालय प्रमुख विष्णु न्यौपानेले भने, “जस्तोसुकै व्यवसाय पनि बिना दर्ता सञ्चालन गर्न पाइँदैन ।” समितिको काम व्यवसाय दर्ता गर्ने मात्रै भएकाले बिना दर्ता सञ्चालनमा आएकालाई कारवाही गर्न नमिल्ने उनी बताउँछन् ।

कुश्मा नगरपालिका–१ पाङस्थित कालिका इँटा उद्योगका सञ्चालक विज्ञान बम मल्लले भने, “नियामक निकायको लापरबाहीकै कारण अवैध भट्टा बढेका हुन्, कारवाही गर्ने निकाय नै कमजोर छ ।”

अधिकांश भारतीय र तराईवासीले गाउँमा अवैध इँटाभट्टा सञ्चालन गरेको मल्लले बताए । गाउँगाउँमा पक्की घर बन्ने प्रचलन बढेसँगै इँटाको माग बढ्दै गएको हो ।

salt training

कमेन्ट गर्नुहोस्