
बागलुङ- बडिगाड गाउँपालिकाको वडा नं. ५ जोगिवगर स्थित बडिगाड खोलामा विहान भेटिएको सवको पहिचान भएको छ।
गुल्मीको मालिका गाउँपालिका वडा नं. ५ छापहिले कि ८२ वर्षिय कला जिसि भएको प्रहरीले जनाएको छ। मालिकाबाट बडिगाड महोत्सव हुँदै छोरा भेट्न वामीटक्सार हिँडेकी वृद्ध कला जिसि वडिगाड खोलामा मृत भेटिएकि थिइन्। दिसापिसावको लागी खोलाको किनारमा गएकि वृद्धको ढुंगामा चिप्लिएर खोलामा खसि ज्यान गएको प्रहरी निरिक्षक ओम प्रकाश यादवले जानकारी दिए ।
वृद्ध जिसिको शव पोष्टमार्टम पछि परिवारले वुझि लिएको प्रहरी निरिक्षक यादवले जानकारी दिए ।