
काठमाडौँ- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विश्वस्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा पहिलो पटक मानसिक रोगको अवस्थाका बारेमा सर्वेक्षण गर्ने भएको छ ।
मानसिक रोगका प्रख्यात प्रा डा डेभिड भिम्सेन्टले सो रोगका अवस्था पत्ता लगाउन विकसित गरेकाे सर्वेक्षण विधिद्वारा नेपालका सातवटै प्रदेशका ७७ जिल्लाका करीब ९५ हजार जनतासमक्ष प्रत्यक्ष रुपमा अन्तर्वाता गरी सर्वेक्षण गरिने परिषद्ले जनाएको छ ।
परिषद्का अध्यक्ष प्रा डा अञ्जनीकुमार झाले सर्वेक्षणले नेपालमा मानसिक रोगको अवस्थाका बारेमा यथार्थ जानकारी आउने जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो पटक सन् १९९७ मा पहिलो पटक मानसिक रोगसम्बन्धी नीति तयार गरेको थियो ।