
काठमाडौं– चलचित्र ‘सुश्री सम्पत्ति’को अफिसियल पोष्टर सार्वजनिक गरिएको छ । यसअघि दुईवटा गीत सार्वजनिक गरेको चलचित्र युनिटले सोमबार तिनवटा पोष्टर सार्वजनिक गरेको हो ।
सार्वजनिक पोष्टरमा चलचित्रका मुख्य कलाकारहरु सलोन बस्नेत, सारा सिर्पाइली र बिनोद न्यौपाने फिचर्ड छन् ।
मंसिर २८ गतेबाट प्रदर्शनमा आउने ‘सुश्री सम्पत्ति’लाई सुव्रतराज आचार्यले निर्देशन गरेका हुन । चलचित्रमा सलोन, सारा र बिनोदका साथमा राजाराम पौडेल, विशारद बस्नेत, सुनिता श्रेष्ठ ठकुरी लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा अभिनेत्री प्रियंका कार्की विशेष भूमिकामा छिन् ।
रमेश त्वायना प्रस्तुतकर्ता रहेको चलचित्रको कथा निर्देशक सुव्रतले नै लेखेका हुन ।