बलिउडकी चर्चित अभिनेत्री आलिया भट्ट सोमवार इन्स्टाग्राममा लाइभ आइन् । करीब १० मिनेट लाइभ भएकी आलियाले आफ्ना फ्यानका केही प्रश्नको जवाफ पनि दिइन् ।
त्यसक्रममा कतियपयले उनको निक नेम सोधे । त्यसपछि आलियाले आफ्ना धेरै निक नेम भएको बताइन् ।
उनका अनुसार बचपनमा परिवारका सदस्यले आलु भनेर बोलाउँथे । कारण उनी थोरै मोटी थिइन् । यसका अलावा अलि, अलिस, ऐलजस्ता नामले पनि आफूलाई बोलाउने गरिएको उनले सुनाइन् ।
लाइभमा उनलाई कतिपयले उमेर सोधे । जवाफमा आलियाले युवतीलाई उमेर सोध्नु हुँदैन भनिन् ।
तर विवाहबारे सोधिएको प्रश्नमा भने उनले आफू भर्खरै २५ वर्षको भएको भन्दै अहिले नै विवाहबारे सोच्नु हतार हुने बताइन् ।