१८ असार २०८३, बिहीबार

कलेजमा कुमारी कन्याले मात्र पढ्न पाउने तेलंगाना सरकारको घोषणा

कात्तिक २०, २०७४
कलेजमा कुमारी कन्याले मात्र पढ्न पाउने तेलंगाना सरकारको घोषणा
काठमाडौं, १९ फागुन — भारतको तेलंगाना राज्यको सरकारले महिला कलेजहरूमा भर्नाका लागि अचम्मको आदेश जारी गरेको छ । आदेशअनुसार कुमारी कन्याहरूले मात्र भर्ना लिन पाउँछन् ।


यो आदेशका पछाडि सरकारले अनौठो तर्क दिएको छ । बिहे गरेका महिलाको संगतमा कुमारी कन्याहरूको ध्यान भड्किने भएकाले यो आदेश जारी गरिएको सरकारको (कु)तर्क छ ।

शिक्षण संस्थान समाजका एक अधिकारी बी बेंकट राजुका अनुसार बिहे गरेका महिलाका पतिहरू हप्तामा वा १५ दिनमा एकचोटि उनीहरूलाई भेट्न आउन सक्छन् । यसरी पतिहरू भेट्न आउँदा कुमारी कन्याहरूको ध्यान भड्किन सक्छ ।

सन् २०१७/१८ को भर्नासम्बन्धी सूचनामा बीए, बीकम र बीएससीको पहिलो वर्षमा अविवाहित महिलाहरूलाई मात्र भर्ना लिइने सूचना जारी भएको छ ।

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्