३० असार २०८३, मंगलबार

सन्दीपले पीएसएल खेल्ने : पारिश्रमिक कम्तिमा ५७ लाख, टीममा एबी डी भिलियर्स पनि

सन्दीपले पीएसएल खेल्ने : पारिश्रमिक कम्तिमा ५७ लाख, टीममा एबी डी भिलियर्स पनि

काठमाडौं – नेपाली युवा स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल)का लागि छानिएका छन् ।

आगामी फेब्रुअरी र मार्च महिनामा युएई र पाकिस्तानका विभिन्न शहर आयोजना हुने प्रतियोगिताका लागि लाहोर कलन्दर्सले सन्दीपलाई छनोट गरेको हो ।

गोल्ड क्याटेगोरीमा रहेका सन्दीपलाई लाहोरले सो क्याटोगरीतर्फ पहिलो रोजाइका रूपमा अनुबन्धन गरेको हो ।

सन्दीपको टीममा एबी डी भिलियर्स, मोहम्मद हाफीज, कोरी एण्डर्सन, कार्लोस ब्रेथवेटजस्ता खेलाडी छन् ।

गोल्ड क्याटेगोरीका खेलाडीले कम्तिमा ५० हजारदेखि बढीमा ७० हजार डलरसम्म पाउने छन् । आजकै मितिको डलरको भाउलाई हेर्ने हो भने सन्दीपले कम्तिमा ५७ लाख नेपाली रुपैयाँ पाउने निश्चित छ ।

salt training

कमेन्ट गर्नुहोस्