२९ जेठ २०८३, शुक्रबार

खानेपानी संस्थानका कर्मचारीको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको साथ

खानेपानी संस्थानका कर्मचारीको आन्दोलनमा ट्रेड युनियन कांग्रेसको साथ

काठमाडौँ– नेपाल खानेपानी संस्थानका कर्मचारीले तीन दिनदेखि जारी राखेको आन्दोलनमा नेपाल ट्रेड युनियन काङ्ग्रेसले समर्थन जनाएको छ । 

ट्रेड युनियन काङ्ग्रेस राष्ट्रिय समितिका अध्यक्ष पुष्कर आचार्यले आन्दोलनस्थल संस्थानको प्रधान कार्यालयमा आज कर्मचारीलाई सम्बोधन गर्दै मजदुरलाई कमजोर नठान्न चेतावनी दिए । 

केन्द्रीय सदस्य सञ्जय दाहालले मजदूरमाथि गरिने विभेदले चिन्तित बनाएको बताए । कर्मचारीले संस्थानमा क्रियाशील चार युनियनले उठाएको माग पूरा गर्न व्यवस्थापनसँग अनुरोध गरेको संयुक्त सङ्घर्ष समितिका संयोजक रामजी अर्यालले बताए । 

संस्थानले गठन गरेको वार्ता टोलीले सोमबार छलफल गरे पनि सहमति हुन सकेको छैन । संयुक्त सङ्घर्ष समितिले आजदेखि शाखा कार्यालयमा हस्ताक्षर सङ्कलन शुरु गरेको जनाएको छ । संस्थानमा कार्यरत कर्मचारीलाई हटाएको भन्दै कर्मचारी आन्दोलनमा उत्रेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्