
काठमाडौँ- महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योगमा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ ।
परिसरको टोलीले विसं २०६३ मङसिर कीर्तिपुरकी १४ वर्षीय सन्ध्या बस्नेतलाई धारिलो हतियार प्रहार गरी फरार रहेका विवेककुमार बस्नेतलाई आज पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले ज्यान मार्ने उद्योगमा फरार रहेको अवस्थामा बस्नेतलाई पक्राउ गरिएको जानकारी दिए । बस्नेत यसअघि लागुऔषध र ज्यान मार्ने उद्योगमा जेलजीवन बिताइसकेका व्यक्ति भएको परिसरले जनाएको छ ।