
काठमाडौं– उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले सरकारको मुख्य प्राथमिकता विकास र समृद्धि भएको बताएका छन् ।
स्क्यापको २८ औ वार्षिक उत्सव कार्यक्रममा मंगलवार बोल्दै मन्त्री पुनले अवको गन्तव्य नै विकास भएको दोहोर्याए ।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दीर्घकालिन योजना बनाएर काम गरिरहेको भन्दै त्यसलाई सफल पार्न सवैको सहयोगको आवश्यकता रहेको बताए ।
‘सम्माननिय प्रधानमन्त्रीज्यूले दिर्घकालिन योजना बनाएर काम गरिरहनुभएको छ, अहिले नै सरकारले काम गरेन भन्ने कुरा सहि होईन, हामीले यो विचमा थुप्रै प्रशासनिक र कानुन बनाउने काम गरेका छौ,छिट्टै देखिने गरी अरु काम हुन्छ ।’ कार्यक्रममा बोल्दै मन्त्री पुनले भने ।
विगतमा सरकार अस्थिर हुंँदा विकास निर्माणमा असर परेको भन्दै मन्त्री पुनले वर्तमान सरकारको सम्पुर्ण ध्यान देशको विकास र समृद्धिका लागि जाने बताए । उनले वर्तमान सरकार पांच वर्षका लागी चुनिएको भन्दै सरकारले गरेका कामको परिणाम छिट्टै निस्कने धारणा राखे ।