२२ जेठ २०८३, शुक्रबार

सुनसरीको दुहबीमा वडाध्यक्षका भाइको गोली हानेर हत्या

सुनसरीको दुहबीमा वडाध्यक्षका भाइको गोली हानेर हत्या

विराटनगर – सुनसरीको दुहबीमा गोली प्रहार गरेर १ जनाको हत्या भएको छ ।

दुहबी नगरपालिका–९ सोनापुरका वडाध्यक्ष मेहदी हुसेनका भाइ फिदा हुसेनको गोली हानी हत्या भएको हो ।

सोनापुरको इँटाभट्टा नजिकै नहरबाट जाँदै गरेका उनलाई नचिनेका मोटरसाइकलमा आएका ३ जनाको समूहले गोली हानेर भागेको स्थानीय बिनय पोखरेलले जानकारी दिए । 

छातीमा गोली लागेर ढलेका उनको उपचारको लागि लैजाँदै गर्दा दुहबी नपुर्र्याउँदै ज्यान गएको हो । 

salt training

कमेन्ट गर्नुहोस्