२३ जेठ २०८३, शनिबार

टुँडिखेलमा ‘रग्बी फेस्टिवल’ हुँदै, अभिनेत्री स्वस्तिमा नाच्ने

टुँडिखेलमा ‘रग्बी फेस्टिवल’ हुँदै, अभिनेत्री स्वस्तिमा नाच्ने

काठमाडौं– ‘रग्बी फेस्टिवल तथा लाइभ म्युजिक’ कार्यक्रममा नेपाली संगीत तथा चलचित्र क्षेत्रका २ दर्जन बढी कलाकारहरुले प्रस्तुती दिने भएका छन् ।

मङ्सिर २२ गते शनिबार टुँडिखेलमा हुने कार्यक्रममा कलाकारहरुले एकै मञ्चमा आफ्नो प्रस्तुती दिने भएका हुन । नेपाल रग्बी एसोसियसनले कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा वर्ल्ड रग्बीको ट्रफी सार्वजनिक समेत गरिनेछ ।

सर्वसाधारणका लागि निशुल्क प्रवेश रहेको उक्त कार्यक्रममा २५ हजार भन्दा बढी दर्शकको उपस्थिती रहने आयोजकको अनुमान छ । उक्त लाइभ शोमा अभिनेत्री स्वस्तिमा खड्काले नृत्य प्रस्तुत गर्नेछिन् । साथमा गायक सुगम पोखरेल, प्रमोद खरेल, आशिष राना ‘लाउरे’, नितेश जंग कुवँर, स्वप्न सुमन, एक्स ब्यान्ड, अभया एन्ड द स्टिम इन्जिन ब्याण्ड, डिजे सुरेन, डिजे कुइन् लगायत २ दर्जन बढी कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

बिहान १० बजेदेखि साँझ ७ बजे सम्म हुने कार्यक्रमको संचालन कमेडियन सन्दिप क्षेत्री र शुभेक्षा खड्काले गर्नेछन् ।

salt training

कमेन्ट गर्नुहोस्