
काठमाडौं– श्रीमतीको हत्या गरेको आरोपमा पाँचथरमा एक जना पक्राउ परेका छन् ।
श्रीमतीको हत्या गरेको अभियोगमा पाँचथर–फाल्गुनन्द गाउँपालिका- ३ ख्यारुपा सिरान बस्ने ४२ वर्षीय नरबहादुर चेम्जोङलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
नरबहादुरले आफ्नी जेठी श्रीमती ३९ वर्षीया ईन्द्रमाला चेम्जोङलाई धारिलो हतियारले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको हो । हत्या गरी फरार भएका नरबहादुरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।