
काठमाडौँ– खानेपानी तथा ढल निकास विभागको महानिर्देशकमा सुनिलकुमार दास नियुक्त भएका छन् ।
यसअघि उनी सोही विभागको उपमहानिर्देशक पदमा कार्यरत थिए । विभागमा बुधवार आयोजित कार्यक्रममा पद बहाली गर्दै महानिर्देशक दासले खानेपानीको पहुँच सबै जनतालाई पुर्याउन विभागले पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए ।
जिल्ला खानेपानी कार्यालय सिराहाबाट विसं २०४७ देखि सेवा शुरु गरेका दासलाई खानेपानी मन्त्रालयले महानिर्देशक पदमा नियुक्त गरेकाे हाे ।