०१ असार २०८३, सोमबार

केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै नेकपाका महासचिवलाई ज्ञापनपत्र

केन्द्रीय कमिटीको बैठक बोलाउन माग गर्दै नेकपाका महासचिवलाई ज्ञापनपत्र

काठमाडौं–तत्काल केन्दीय कमिटी बैठक बोलाउन ध्यानाकर्षण गराउँदै नेकपाका युवा नेताहरुले महासचिव विष्णु पौडेललाई एक ज्ञापनपत्र बुझाएका छन् । 

पार्टी र सरकार सञ्चालनको विधि र प्रक्रियाबारे स्पष्ट धारणा तय गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउनु्पर्ने नेकपाका ती युवा नेताहरुको माग छ । 

पौडेललाई बुझाइएको ज्ञापनपत्रमा नेताहरु ठाकुर  गैरे, प्रेमलकुमार खनाल, माधव अर्याल, विजय गुरुङ  शत्रुधन महतो, ममता गिरी, गरिमा साह, भाष्कर काफ्ले, विजय पौडेल, जगन्नाथ खतिवडा, जयन्ती राई, निरज आचार्य, शत्रुधन महतो, ममता गिरी, गरिमा साह, भाष्कर काफ्ले, रामकुमारी झाँकी,  तुलबहादुर गुरुङ, यदुवंश झा, रचना खड्का, विरोध खतिवडालगायतको हस्ताक्षर रहेको छ ।

नेकपामा ४४१ जना केन्द्रीय समितिका सदस्यहरु रहेका छन् । तर लामो समययता केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । 

ज्ञापनपत्र बुझ्दै महासचिव पौडेलले ज्ञापनपत्रमा उठाइएको विषय अध्यक्षसमक्ष राखेर तत्काल केन्द्रीय समिति बैठक बोलाउन पहल गर्ने आस्वासन दिएका थिए । 

salt training

कमेन्ट गर्नुहोस्