
काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र विशिष्ट व्यक्तिहरुलाई पार्टीमा कसरी आकर्षित गर्ने भन्ने बहस शुरु भएको छ । विशेष गरी नयाँ अनुहारलाई आकर्षित गर्न नसक्दा जनमत खुम्चँदै गएको स्वीकार गर्ने कांग्रेस पार्टीमा सो रिक्तता पूरा गर्न विशिष्ट व्यक्तिहरुलाई आकर्षित गर्नुपर्ने सुझाव आएको छ ।
कांग्रेसको विचारसँग निकट रहेका विभिन्न पेशामा सफल रहेका व्यक्तिहरु, पूर्व विशिष्ट अधिकृत, सरकारका महत्त्वपूर्ण क्षेत्रमा काम गरेका व्यक्तिहरु, उद्यमी, व्यवसायीहरुले यस्तो सुझाव दिएका हुन् ।, कारोबारमा खबर छ ।