
मुम्बई–भारतीय प्रहरीले बलिउड कलाकार आलोक नाथविरुद्ध बुधबार मुद्दा दर्ता गरेको छ ।
मि टु अभियानअन्तर्गत बलात्कारसम्बन्धी आरोप सार्वजनिक भएपछि उनीँविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।
भारतमा बढ्दै गइरहेको मि टु अभियानका कारण अन्य केही कलाकारलाई पनि अनुसन्धान भइरहेको र केहीलाई भने कारबाही अगाडि बढाइएको प्रहरीको भनाई छ ।
एक जना लेखक तथा उत्पादक भिन्टा नन्दले वरिष्ठ कलाकार आलोकलाई १९ वर्ष अगाडि बलात्कार गरेको आरोप लगाएको समाचारमा जनाइएको छ ।
पीडितकै उजुरीका आधारमा आलोकविरुद्ध मुद्दा दायर गरिएको पनि समाचारमा भनिएको छ ।