१७ असार २०८३, बुधबार

गगन थापाको टिप्पणी–प्रधानमन्त्री बरालिए, कांग्रेसको नेतृत्व कमजोर भयो

मंसिर ६, २०७५
गगन थापाको टिप्पणी–प्रधानमन्त्री बरालिए, कांग्रेसको नेतृत्व कमजोर भयो

धनगढी–नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं यूवा नेता गगन थापाले वर्तमान सरकार र प्रमुख प्रतिपक्षीको रुपमा आफ्नै दल नेपाली काँग्रेसकोे प्रभावकारिता खस्केको टिप्पणी गरेका छन् ।

सरकार र प्रतिपक्षको नेतृत्वमा परिपक्व र कल्पनाशिल नेतृत्व नभएकै कारण मुलुक विकासको बाटोमा जान नसकेको थापाको भनाइ छ ।

आज (विहीबर) नेपाल प्रेस युनियन कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता थापाले भने–‘प्रधानमन्त्रीले गर्न चाहना गर्नु भएको छ । तर के गरेर चाहना पूरा हुन्छ ? मेसो पाउन सकिरहनु भएको छैन । भेउ नै पाउनु भएन । त्यो छटपटाहट उहाँमा देखिएको छ ।’

सरकारले अहिले बोल्ने भन्दा काम गर्ने बेला रहेको भन्दै थापाले ३/४ महिना मौन बस्न सुझाव दिए । 

‘नेकपाका नेता माधव नेपालले प्रधानमन्त्रीलाई तपाई धेरै नबोल्नुस् भन्नु भएको थियो । अनि मैले केहि महिना बोल्दै नबोल्नुस् भनेको थिए । केहि महिना सरकारले मौन व्रतको घोषणा गरिदिनुस् । एकैचोटी ३÷४ महिनापछि यो–यो काम गरे भनेर देखाउने हो । यसले सरकारलाई फाइदा गर्छ’, उनले थपे ।

नेता थापाले आफ्नै दल काँग्रेसको भूमिकामाथि समेत प्रश्न गरेका छन् । प्रधानमन्त्री अलिकति अलमलिँदा वा बरालिदा सिंगो सरकार कमजोर भए जस्तै काँग्रेसमा पनि त्यस्तै समस्या देखिएको उनको भनाइ छ । 

‘जसरी प्रधानमन्त्रीको लिडरसिपमा सिंगो सरकारको प्रभावकारिता रहन्छ त्यस्तै प्रतिपक्षको प्रभावकारिताको भूमिकाको सन्दर्भमा पनि यसको लिडरसिपसंग रहन्छ’ थापाले भने ।

आफ्नै पार्टी सभापति शेरबहादुर देउवालाई इंगित गर्दै उनले संसदीय दलको नेताले संसदमा कमजोरी प्रदर्शन गरिरहेको समेत आरोप लगाए । ‘आजको दिनमा हामीले कति पटक हाम्रो संसदीय दलको नेतालाई संसदमा उभिएर राष्ट्रिय महत्वको विषयमा बोलेको देखेका छां’ थापाले प्रश्न गरे ।   

मंसिर २८ गते हुने काँग्रेसको महासमिति बैठकको पूर्वसन्ध्यामा देश दौडाहामा रहेका नेता थापाले पार्टी नेतृत्वले अझै पहलकदमी लिन नसके अप्ठेरोमा परिने ठोकुवा गरे । काँग्रेसले संघीय संसददेखि प्रदेशको संसदसम्ममा प्रतिपक्षको भूमिका निर्वाह गर्न नसकेको बताउँदै उनले समयमा पार्टीभित्रका  गुनासोलाई दबाउनु भन्दा त्यसलाई व्यवस्थापन गरेर निर्खानुपर्नेमा जोड दिए ।

‘नेपाली काँग्रेसले तत्काल आफ्नो भूमिकालाई जुझारु बनाउन सकेन भने यसले सिर्जना गर्ने अप्ठ्याराहरु पार्टीको लागि मात्रै छैनन् यसलाई लार्ज पिक्चरमा हेर्नुपर्छ ’ थापाले भने । 
 

salt training

कमेन्ट गर्नुहोस्