२३ असार २०८३, मंगलबार

सबै तलब विपन्नलाई सहयोग गर्ने गाउँपालिका अध्यक्षले गरे मिर्गौला पीडितलाई सहयोग

सबै तलब विपन्नलाई सहयोग गर्ने गाउँपालिका अध्यक्षले गरे मिर्गौला पीडितलाई सहयोग

अछाम-  आफ्नो सम्पूर्ण तलब अनाथ, टुहुरा र विपन्नलाई सहयोग गर्ने घोषणा गर्नुभएका अछामको बान्नीगढी जयगढ गाउँपालिका अध्यक्ष राजेन्द्र खड्काले एक मिर्गौला पीडितलाई आर्थिक सहयोग गर्नुभएको छ । 

मिर्गौलापीडित श्याम रावललाई अध्यक्ष खड्काले नगद रु ५० हजार सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । उहाँले मिर्गाैला पीडित रावलको उपचार सहयोगका लागि आफूले पाउने तलबमध्येबाट उक्त रकम तत्कालका लागि सहयोग गरिएको र आगामी दिनमा पनि यसैगरी अन्य अनाथ, टुहुरा र विपन्नलाई आफूले पाउने तलबबाट सहयोग गर्ने बताउनुभयो । 

सामाजिक क्षेत्रमा के कसरी तलब खर्च गर्ने भन्नेबारे योजना बनिरहेको भन्दै उहाँले अब महीना दिनभित्रै बाँकी तलब पनि यसैगरी हस्तान्तरण गर्ने जानकारी दिनुभयो । कुनै निजी स्वार्थका लागि आफू राजनीतिमा नआएको बताउँदै खड्काले जनताको सेवा र गाउँपालिकाको विकासका लागि प्रयत्नशील रहने उल्लेख गर्नुभयो ।

salt training

कमेन्ट गर्नुहोस्