०६ असार २०८३, शनिबार

डोस एर्रेस नरसंहार घटनामा पूर्वसैनिक लोपेजलाई पाँच हजार वर्षको कारावास

डोस एर्रेस नरसंहार घटनामा पूर्वसैनिक लोपेजलाई पाँच हजार वर्षको कारावास

काठमाडौं — डोस एर्रेस नरसंहार घटनामा ग्वाटेमालाको एक अदालतले पूर्व सैनिक स्यान्टोस लोपेजलाई ५१ सय ६० वर्षको कारावास सजाय दिएको छ । 

लोपेजलाई ग्वाटेमाला गृहयुद्ध नरसंहारमा १७१ व्यक्तिको हत्याका लागि जिम्मेवार मानिएको छ । सबै मुद्दामा सुनुवाइपछि अदालतले यो सजाय दिइएको हो । 

एक बच्चाको हत्याको घटनामा उनलाई ३० वर्ष अतिरिक्त सजाय दिइएको छ । 

लोपेज क्याबिल्स नामक ग्वाटेमालाका सशस्त्र बलका विशेष सञ्चालन शाखाका सदस्य थिए । आतंकवादनिरोधी बललाई अमेरिकाले प्रशिक्षण दिएको थियो । 

उनलाई अमेरिकामा पक्राउ गरिएको थियो र सन् २०१६ मा डिपोर्ट गरिएको थियो । 

मेक्सिको सीमामा रहेको डोस एर्रेसमा नरसंहार गर्ने गश्ती टोलीका लोपेज संलग्न रहेको पाइएको थियो । नरसंहार सन् १९८२ मा भएको हो । 

लोपेजबाहेक अन्य क्याबिल्सलाई पनि दोषी ठहर गरिएको छ । सबैलाई ६ हजारभन्दा बढी वर्षको सजाय दिइएको छ । अन्य थुप्रै दोषी अमेरिकामा लुकिरहेको बताइन्छ । 

डोस एर्रेस नरसंहार तानाशाह इफ्राइन रियोस मोन्टको शासनमा भएको हो । उनलाई पनि नरसंहारमा दोषी पाइएको थियो । अघिल्लो वर्षको अप्रिल महिनामा उनको मृत्यु भएको थियो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्