२१ जेठ २०८३, बिहीबार

पाँच वर्षका बालकले उपहारमा पाए ४० लाख पर्ने कार !

पाँच वर्षका बालकले उपहारमा पाए ४० लाख पर्ने कार !

काठमाडौं — पाँच वर्षका एक बालकले संसारभरिका बच्चाहरूका लागि उदाहरण पेश गरेका छन् । 

यी बालकले दुई घन्टा २५ मिनेटमा ४१ सय ५ पुशअप गरे । राखीम कुरायव नामक यी बालकको मेहनत र हौसलाबाट खुशी भएर रुसी सेनाका लेफ्टिनेन्ट रमजान कद्दरोभले उनलाई ४० लाख रुपैयाँ पर्ने कार उपहार दिएका छन् । 

राखीम सानैदेखि व्यायामका शौखिन छन् । 

कार उपहार दिँदै रमजानले बच्चालाई भने, ‘तिमी यो कार आफ्नो बुवालाई चलाउन देऊ । तिमी कारमा आरामले बस्नू मात्र । तिमीले गरेको काम प्रशंसायोग्य छ । तिमी यो महंगो कारको हकदार छौ ।’

उपहार लिँदै राखीमले आफूलाई छोड्नका लागि पिताले ट्याक्सी लिइरहनु नपर्ने बताए । 

राखीमको ४१ सय ५ पुशअपको विश्व कीर्तिमान त बन्यो तर त्यसको भिडियो रेकर्डिङको गुणस्तर खराब भएकाले रजिस्टर हुन पाएन । उपहार पाएपछि राखीम र उनको परिवार एकदमै खुशी छन् ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्