
काठमाडौं — विश्व स्वास्थ्य संगठनले संसारको सबभन्दा स्वच्छ हावा भएको देश फिनल्यान्ड भएको बताएको छ ।
युरोपेली मुलुक फिनल्यान्डमा वायु प्रदूषण पटक्कै छैन । सरसफाइ र गाडीहरूलाई राम्रो कन्डिसनमा राख्ने काम अनि प्रदूषण फैलाउने कारखाना र उद्योग शहरबाट निकै टाढा भएका कारण हावा स्वच्छ रहेको हो ।
विश्व स्वास्थ्य संगठनका अनुसार, फिनल्यान्डमा प्रतिक्युबिक मिटरमा लगभग ६ माइक्रोग्राम मसिना कण अर्थात् डस्ट पार्टिकल पाइएको छ । संसारभरिमा यो सबभन्दा कम प्रदूषण कणको मात्रा हो ।
त्यसपछि स्विडन, क्यानडा, नर्वे र आइल्यान्ड जस्ता देशमा वायु प्रदूषण कम छ ।
फिनल्यान्डको मुओनिओ नामक स्थानमा पीएम २.५ को जम्मा दुई माइक्रोग्राम्स कण पाइएको त्यसैले त्यहाँको हावा सर्वाधिक शुद्ध रहेको बताइएको छ ।
एजेन्सी