काठमाडौं, २० फागुन- त्रिभुवन विश्वविद्यालयका आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसमा बुधबार भएको स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघले अग्रता लिएको छ, आजको नयाँ पत्रिकामा खबर छ ।

करिब दुई सय ३० क्याम्पसमा भएको निर्वाचनको अन्तिम मतपरिणामअनुसार एक सय पाँच क्याम्पसमा विजयी हासिल गरेको नेविसंघका महामन्त्री सरोज थापाले दाबी गरेका छन् ।
त्यस्तै, एमालेनिकट अनेरास्ववियुले ९७ क्याम्पसमा स्ववियु अध्यक्ष जितेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए । माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी) ले ६६ क्याम्पसमा स्ववियु अध्यक्ष जितेको क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतको भनाइ छ । बुधबारसम्म नेविसंघले ८४, अनेरास्ववियुले ८० र क्रान्तिकारीले ४३ क्याम्पसमा स्ववियु जितेको थियो ।