काठमाडौँ, २० फागुन- उपत्यकाका ठूला क्याम्पसमा अखिल क्रान्तिकारीले अग्रता लिएको छ । उसले पुल्चोक इन्जिनियरिङ क्याम्पस, थापाथली इन्जिनियरिङ र सानोठिमी शिक्षा क्याम्पसमा प्यानलै जितेको खबर आजको नयाँ पत्रिकामा छ ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा अखिल क्रान्तिकारीका प्रज्वल खत्री स्ववियु सभापतिमा विजयी भए ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसमा क्रान्तिकारीकै रोशन थापामगर सभापतिमा विजयी भए । भक्तपुर बहुमुखी क्याम्पसमा नेविसंघ र नेक्राविसंघको संयुक्त प्यानल विजयी भएको छ । संयुक्त प्यानलका दिनेश खड्गीले पाँच सय २३ र उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका दीपकबहादुर विष्टले तीन सय सात मत ल्याए ।
जनप्रशासन क्याम्पसमा नेविसंघका पंकज सुवेदी क्षेत्री सभापतिमा विजयी भए ।
महाराजगन्ज मेडिकल क्याम्पसमा अनेरास्ववियुका मिलन गैरे सभापतिमा विजयी भए | महाराजगन्ज नर्सिङ क्याम्पसमा अनेरास्ववियुको प्यानल नै विजयी भयो ।