२५ जेठ २०८३, सोमबार

उपभोक्ता संरक्षण ऐन संशोधन गर्न राष्ट्रिय उपभोक्ता मञ्चको माग

उपभोक्ता संरक्षण ऐन संशोधन गर्न राष्ट्रिय उपभोक्ता मञ्चको माग

काठमाडौं –राष्ट्रिय उपभोक्ता मञ्चले उपभोक्ता संरक्षण ऐन– २०७५ को संशोधन गर्न माग गरेको छ । मञ्चले शुक्रबार विज्ञप्ति जारी गरेर उपभोक्ता संरक्षण ऐन- २०७५ उपभोक्तामैत्री नभएको भन्दै संशोधन गर्न माग गरेको हो ।

मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले हस्ताक्षर गरेको विज्ञप्तिमा उपभोक्ता संरक्षण ऐन नेपालको संविधान विपरीत रहेको उल्लेख गरिएको छ । गत असोज २ मा आएको तथा असोज २८ मा राजपत्रमा प्रकाशित भएको ऐनले उपभोक्तालाई उपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ ।

संविधानको धारा ४४ ले मौलिक अधिकारको रूपमा स्थापित गरेको उपभोक्ताको हकलाई संस्थागत गर्न संविधानको अनुसूची - ७ को २ मा संघ र प्रदेशको साझा अधिकारको सूचिमा राखेको छ । तर सरकारले हालै राजपत्रमा प्रकाशित गरेको ऐनले केन्द्र सरकारको मात्र प्रतिनिधित्व गर्ने वाणिज्य मन्त्रालय तथा विभागलाई मात्रै ऐन कार्यान्वयन गर्ने अधिकार दिएकाले उक्त ऐन उपभोक्ता मैत्री नभएको मञ्चको ठहर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्