×

NMB BANK
NIC ASIA

शैक्षिक प्रमाण पत्र राखेर ऋण दिन ढिलाइ गर्दै बैंकहरू, मापदण्ड बनाउने नाममा अलमल

मंसिर ७, २०७५

NTC
Premier Steels

काठमाडौं – सरकारले शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण लिन पाउने व्यवस्था गरेपनि बैंक तथा वित्तीय संस्थाहरू अझै अलमलमा देखिएका छन् ।

Muktinath Bank

शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण उपलब्ध गराउन नेपाल राष्ट्र बैंकले समेत परिपत्र जारी गर्दा बैंकहरूले ऋणको प्रक्रिया अगाडि बढाउन सकेका छैनन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

व्यवसाय गर्न चाहने युवालाई शैक्षिक प्रमाण पत्र धितो ऋण उपलब्ध गराउन सरकारले कार्यविधि बनाएर कार्यान्वयनमा ल्याएको छ । कार्यविधि अनुसार शिक्षित युवाले स्वदेशमै व्यवसाय गर्नका लागि आफ्नो शैक्षिक योग्यताको प्रमाण पत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण लिन सक्नेछन् ।


Advertisment
Nabil box
Kumari

शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण उपलब्ध गराउनकै लागि बैंकहरूले आ–आफ्नो कानून बनाउने विषयमा बैंकहरूबीच छलफल भएको बैंकर्स संघका पूर्वअध्यक्ष अनिलकेशरी शाहले बताए । 

Vianet communication

तर बैंकहरूले कानून बनाउने प्रक्रिया पछिल्लो समय कहाँ पुग्यो आफूलाई थाहा नभएको उनको भनाइ थियो । उनका अनुसार उपलब्ध गराएको ऋण सुरक्षित फिर्ता हुनेगरी बैंकहरूले आ–आफ्नो मापदण्ड बनाउन लागेका हुन् । 

अर्थ मन्त्रालय र राष्ट्र बैंकले आफूले गर्ने काम गरिसकेका, तर बैंक तथा वित्तीय संस्थाहरूको पछिल्लो तयारीका बारेमा आफूलाई थाहा नभएको शाहले बताए ।

‘अर्थ मन्त्रालय र राष्ट्र बैंकले आफूले गर्ने कार्य गरिसकेका छन्,’ उनले भने, ‘बैंकहरूले आफ्नो मापदण्ड बनाउने विषयमा छलफल भएपनि पछिल्लो जानकारी मलाई आएको छैन ।’

शैक्षिक प्रमाण पत्र धितो राखेर ऋण उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरू तयार रहेका नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले कार्यविधिको आधारमा परिपत्र गरिसकेको र बैंकहरू ऋण उपलब्ध गराउन तयार रहेका बताए । 

‘हामीले परिपत्र जारी गरिसकेका छौं,’ उनले भने, ‘आफ्नो कर्जा निर्देशिकालाई हेरेर बैंकहरूले मापदण्ड बनाउने जानकारी गराएका छन् । मापदण्ड बनाएपछि ऋण उपलब्ध गराउलान् ।’

सरकारले शैक्षिक प्रमाण पत्र धितो राखेर युवालाई ५ प्रतिशत ब्याज अनुदानमा  ऋण उपलब्ध गराउने योजना चालू आर्थिक वर्षको बजेटमै व्यवस्था गरेको थियो । 

बजेटमै भएको व्यवस्थालाई कार्यान्वयनमा ल्याउन अर्थ मन्त्रालयले कार्यविधि बनाइसकेको छ ।

कार्यविधि अनुसार स्नातक पास गरेका युवाले कुनै व्यवसाय गर्नका लागि ऋण लिन चाहेमा आफ्नो शैक्षिक योग्यताको प्रमाण पत्र धितो राखेर ७ लाख रुपैयाँसम्म ऋण पाउन सक्नेछन् ।

यसरी लिएको ऋणमा लाग्ने कूल ब्याजको ५ प्रतिशत सरकारले तिरिदिने छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x