
सप्तरी– सप्तरीको हनुमाननगरमा तीर्थयात्री बोकेको एक बस पोखरीमा डुबेको छ ।
बस पोखरीमा डुब्दा ३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ ।
प्रहरीका अनुसार ३ जनाको मृत्यु भएको जानकारी प्राप्त भएपनि उद्दार कार्य चलिरहेकाले मृतकको संख्याबारे यकीन हुन सकेको छैन ।
सुनसरीमा लागेको चतरा मेला हेरेर फर्किएका तीर्थ यात्री चढेको को १ ख २७९९ नम्बरको बस हनुमानगर कंकालिनी नगरपालिका–१० स्थित पोखरीमा खसेको हो ।
प्रदेश २ को प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआईजी) हरि पालका अनुसार बसमा ५२ जनाजति यात्रु सवार थिए ।