१८ असार २०८३, बिहीबार

सप्तरी बस दुर्घटना अपडेट : मृतक ५ जनाको सनाखत

सप्तरी बस दुर्घटना अपडेट : मृतक ५ जनाको सनाखत

सप्तरी— सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १० इनर्वा टोलमा रहेको पोखरीमा बस पल्टिँदा ५ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा सप्तरी डाकनेश्वरी ५ की वर्ष ७० कि बेचनीदेवी यादव, ६० वर्षीय सिकलादेवी साह, दिनेश रजक, उनकी श्रीमती र ठकनी देवी रहेका छन् ।

बस शुक्रबार राति करिब साढे ८ बजे दुर्घटनामा परेकाे हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सुनसरीको बराह क्षेत्रबाट फर्केको को १ ख २७९९ नम्बरको तीर्थालु बोकेको बस राजविराज हनुमाननगर पोखरीमा पल्टिएको हो । 

घाइतेको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराज र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ । घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ ।

सप्तरीको भुतही डाँक्रेश्वर नगरपालिका २ भूतहीबाट बिहीबार बराह क्षेत्रमा गएको बस शुक्रबार फर्कने क्रममा दुर्घटनामा परेको हो ।

salt training

कमेन्ट गर्नुहोस्