काठमाडौं, फागुन २० - मुलुकको आन्तरिक ऋण घट्दै गए पनि वाह्य ऋण भने बढिरहेको छ । सरकारले चालू वर्षको ६ महिनासम्म आन्तरिक ऋण नउठाउने र कतिपय ऋण तिर्ने रणनीतिका कारण आन्तरिक ऋण घटेको हो ।
गत असारको तुलनामा पछिल्लो ६ महिनामा वाह्य ऋण ३.४ प्रतिशतले बढेको छ भने आन्तरिक ऋण २.८ प्रतिशतले घटेको छ । तर, समग्रमा सरकारी ऋण भने एक प्रतिशतले बढेको महालेखा नियन्त्रकको कार्यालय (मलेनिका)ले जनाएको खबर कारोबारले छापेको छ ।