०९ साउन २०८३, शनिबार

स्थायी कमिटी बैठकको मिति तोक्ने नेकपाको तयारी

स्थायी कमिटी बैठकको मिति तोक्ने नेकपाको तयारी

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शनिबार पनि बस्दै छ । सचिवालयको बैठक अपरान्ह ४ बजे बस्न लागेको हो । 

यसअघि हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले केन्द्रीय कमिटीका सदस्यहरुको कार्य विभाजन र जिम्मेवारी तोक्ने निर्णय गरेको छ । गत जेठ ३ गते पार्टी एकता गरी ४४१ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको नेकपाले अहिलेसम्म सदस्यहरुको कार्य्विभाजन र जिम्मेवारी तोकेको थिएन । 

बैठकले शनिबार बस्ने अर्को बैठकबाट सदस्यहरुको कार्यविभाजनबारे निर्णय लिने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । केन्द्रीय सदस्यहरुको कार्यविभाजन तोक्ने र पोलिटव्यूरो कमिटी गठन गर्ने निर्णय बैठकले गरेको श्रेष्ठले बताए ।

पार्टी एकता भएको छ महिना पूरा हुँदासमेत पार्टीको तल्लो तहसम्म एकता प्रक्रियाले गति लिन नसक्दा गत कात्तिक ८ गते बसेको सचिवालय बैठकले महासचिव विष्णु पौडेल र सचिवालय सदस्य रामबहादुर थापा बादल रहेको दुई सदस्यीय कार्यदल गठन गरेको थियो ।

कार्यदलले पार्टीको सांगठनिक एकतासम्बन्धी गृहकार्य गरी विहीबारको बैठकमा प्रतिवेदन प्रस्तुत गरेपछि सो प्रतिवेदनमाथि शुक्रबारबाट छलफल शुरु भएको छ । 

कार्यदलले गरेको प्रस्तावका आधारमा छलफल सुरु भए पनि त्यसबारे निर्णय भने स्थायी कमिटी बैठकले गर्ने नेता श्रेष्ठले बताए । गत साउनयता स्थायी कमिटीको बैठक बस्न सकेको छैन । शनिबारको सचिवालय बैठकले बैठकको मिति तोक्नेबारे निर्णय लिने उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्