
नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका– १३ मुकुन्दपुरमा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । जुम्लाबाट काठामाडौं आउँदै गरेको ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले ना. ५६ प ३८५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार दुई जना रहेका छन् । गैडाकोट प्रहरीका अनुसार मृत्यु हुनेमा पूर्वी नवलपरासी गैंडाकोट नगरपालिका–८ का २० वर्षीय अनिल पौडेल र गैडाकोट–१ का १९ वर्षीय कृष्ण सापकोटाको रहेका छन् । उनीहरुको अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो ।