१० साउन २०८३, आइतबार

एनआईसी एसिया बैंकद्वारा अजोड इन्स्योरेन्स लिमिटेडसँग बैंकएस्योरेन्स सम्झौता

एनआईसी एसिया बैंकद्वारा अजोड इन्स्योरेन्स लिमिटेडसँग बैंकएस्योरेन्स सम्झौता

काठमाडौं – एनआईसी एसिया बैंक लिमिटेडले अजोड इन्स्योरेन्स लिमिटेडसँग बैंकएस्योरेन्स सम्झौता गरेको छ ।

सम्झौता अनुसार अब बैंकका ग्राहकले मुलुकभर फैलिएको २ सय ६६ वटै शाखाबाट सहज रुपमा अजोड इन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसी खरिद गर्न सक्ने  छन् ।

सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्रीले हस्ताक्षर गरेका छन् ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २ सय ६६ शाखा कार्यालय, २ सय ७३ एटीएम, ३७ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंकको वासलातको आकार २ सय ९ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ भने निक्षेप करीब १ सय ६९ अर्ब रुपैयाँ तथा कर्जा १ सय ४३ अर्ब रुपैयाँ पुगेर निजी क्षेत्रबाट स्थापित बैंकमध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म बैंकमा ग्राहकको संख्या करीब १३ लाख ५० हजार रुपैयाँ रहेको छ ।

संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई बैंकले पालना गर्दै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्