२४ जेठ २०८३, आइतबार

सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा सबै दलित निर्वाचित

मंसिर ८, २०७५
सामुदायिक विद्यालयको व्यवस्थापन समितिमा सबै दलित निर्वाचित

सुर्खेत –दैलेख जिल्लाको पश्चिम क्षेत्रमा पर्ने चामुण्डाविन्द्रासैनी नगरपालिकास्थित एक सामुदायिक विद्यालयमा विद्यालयको व्यवस्थापन समितिको अध्यक्षदेखि सदस्यसम्म दलित समुदायबाट चुनिएका छन् ।

चामुण्डाविन्द्रासैनी नगरपालिका–६ को कालिका माध्यमिक विद्यालय नेत्रपानीमा दलित समुदायबाट नै सदस्य सचिव र शिक्षक प्रतिनिधिबाहेक अध्यक्षदेखि सदस्यसम्म दलितलाई चयन गरिएको छ ।

उजीरबहादुर विकको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको हो । जसको सदस्यमा गंगे कामी, बिर्ख नेपाली, पिउला नेपाली, मञ्जु विक, लक्ष्मी नेपाली निर्वाचित भएका छन् । शिक्षक प्रतिनिधिमा गगन शाही र सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक लोकेन्द्रबहादुर शाही छन् ।

वडाध्यक्ष बखतबहादुर बोहोरा विद्यालय व्यवस्थापन समितिको पदेन सदस्यमा चयन भएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उजीर विकले शैक्षिक गुणस्तर बृद्धि गर्नका लागि सबैलाई सहयोग गर्न अपिल गरेका छन् ।

‘विद्यालय व्यवस्थापन समितिको प्रयासले मात्र शैक्षिक गुणस्तर सुधार गर्न सकिँदैन,’ उनले लोकान्तरसँग भने, ‘शैक्षिक गुणस्तरलाई सुधार गर्नका लागि सबैको सहयोगको खाँचो पर्छ ।’ सबैले आ–आफ्नो ठाउँमा सहयोग गरेमा कालिका माध्यमिक विद्यालयलाई कर्णाली प्रदेशकै नमूना विद्यालय बनाउने प्रतिवद्धता जनाए । 

salt training

कमेन्ट गर्नुहोस्